बाहिरिएका अनमोलका तस्विर, हेर्नुहोस कति बदलिए

युवापुस्ता माझ निकै लोकप्रिय बनेका अनमोल केसी आफ्नो पाँचौ चलचित्र ‘कृ’ को तयारीमा रहेका छन्। चलचित्र ‘होस्टेल’ मार्फत डेव्यु गरेका अनमोलले अभिनय गरेका हरेक चलचित्र सफल बनेका छन्। आफ्नो पाचौ चलचित्र मार्फत २० लाख पारिश्रमिक लिएर सर्वाधिक महँगो पारिश्रमिक लिने अभिनेताको रुपमा आफुलाई उभ्याएका छन्।

पटक पटक रिलिज मिति सारिएको चलचित्र ‘कृ’ को नयाँ रिलिज मिति भने तयार भएको छैन। चलचित्रको सुटिङ्गमा व्यस्त रहेका अनमोल यतिबेला अमेरिका उडेका छन्। उनि वुधबार अमेरिकामा आयोजना हेन ग्लोबल अवार्ड कार्यक्रमको लागि त्यता उडेका हुन्।

अमेरिका जाँदाका उनका केहि तस्विर सार्वजनिक भएका छन्। तस्विरमा अनमोलको साथमा अभिनेता भुवन केसी र सुनिल थापा साथमा रहेका छन्। ग्लोबल अवार्डका लागि केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, दीपाश्री निरौला, अर्जुन जंग शाही लगायतका कलाकारहरु अमेरिका उडेका हुन् ।

Comments

comments