अनमोलका दुई तस्विर, फरक रुप फरक शैली

अभिनेता अनमोल केसी पछिल्लो समय ‘कृ’ चलचित्र लिएर आउने तयारीमा रहेका छन्। निकै चर्चा र प्रतीक्षा पछी केहि समय अगाडी अनमोलको कृ लुक्स सार्वजनिक भयो। एक्सन चलचित्रमा अनमोलको लुक्सलाइ लिएर चर्चा यसै चुलिएको छ।

चलचित्रको लागी भनेर नै उनि सार्वजनिक कार्यक्रम देखि लिएर सामाजिक संजालमा समेत निस्क्रिय रहे। तर कृ लुक्स सार्वजनिक भए संगै उनि सामाजिक संजालमा सक्रिय हुन थालेका छन्। उनले फेसबुकमा दुई फरक तस्विर शयेर गरेका छन्। सधै चकलेटी मुहारमा देखिदै आएका अनमोललाई तस्विरमा फरक रुपमा देख्न सकिन्छ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुदै रहेको चलचित्र ‘कृ’ मा अनमोलको साथमा अदिति बुढाथोकी र अनुप बिक्रम शाहीलाई देख्न सकिन्छ।

Comments

comments