सर्यो अनमोलको ‘कृ’ रिलिज मिति, छायांकन पूर्व नै चलचित्र नाफामा

अनमोल केसीको नयाँ चलचित्र ‘कृ’ को चर्चा निकै समय अगाडिबाट चल्दै आएको छ। अनमोलले लिएको महँगो पारिश्रमिक, उनको युवापुस्तामा रहेको क्रेजले पनि चलचित्रको चर्चा चुलिदै गएको छ।

करिव १ करोड ६० लाखको बजेटमा निर्माण हुन् लागेको चलचित्रको छायांकन हुन बाँकी रहेको छ। तर निर्माता सुवास गिरीका अनुसार चलचित्रले छायांकन पूर्व नै लगानी सुरक्षित गरेको छ। चलचित्रको ओभरसिज राइट्स र काठमाडौं बाहिरको ‘एमजी’ बाट यसको लगानी सुरक्षित भएको निर्माता गिरीले बताएका हुन्। हाईलाइट्स नेपालले चलचित्रको डिजिटल र ओभरसिज राइट्स खरिद गरेको छ।

त्यस्तै निर्माण पक्षले चलचित्रको रिलिज मिति फेरबदल भएको जानकारी गराएको छ। अर्को बर्षको भदौ १६ गतेलाई रिलिज मिति तय गरेको चलचित्रले एक हप्ता अगाडीलाई रिलिज मिति तय गरेको छ। अव चलचित्र भदौ ९ गते रिलिज हुनेछ।
अनमोल केसी र अदिति बुढाथोकी मुख्य भूमिकामा रहने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेका छन्। सुवास गिरि र भुवन केसी निर्माता रहने चलचित्रमा कमल गिरि कार्यकारी निर्माताको रुपमा रहनेछन्।  मोडल अदिति बुढाथोकी यहि चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा डेव्यु गर्दैछिन्।

Comments

comments