सुरु भयो अनमोलको ‘कृ’ सुटिङ, तर छैनन् अदिति नेपालमा

धेरै समय देखि चर्चा चलिरहेको चलचित्र ‘कृ’ छायाँकन प्रारम्भ भएको छ। युवा स्टार अनमोल केसीले २० लाख पारिश्रमिक लिएको कारण चर्चामा चुलिएको चलचित्रको छायाँकन सोमबार बाट ललितपुरको सानेपा रहेका इम्पेरीयल अपार्टमेन्टबाट छायाँकन आरम्भ भएको हो। चलचित्रको पहिलो सिन अनमोलले दिएका छन्।

केहि दिन सम्म अनमोलको पार्ट मात्रै छायाँकन हुने जानकारी बाहिरिएको छ। चलचित्र ‘कृ’ मार्फत नै डेव्यु गर्न लागेकी मोडल अदिति बुढाथोकी अहिले मुम्बई रहेकी छिन्। चलचित्रको वर्कसपको लागि केहि दिन अगाडी सम्म नेपाल रहेकी उनि पुन: मुम्बई पुगेकी हुन्। केहि दिन पछी अदिति नेपाल आउने र उनको पनि छायाँकन सुरु हुने बताईएको छ।
भदौ ८ गतेलाई रिलिज मिति तय गरिएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन्। सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसले संयुक्त रुपमा निर्माण गरेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन्।

Comments

comments