बाहिरियो ‘कृ’ मा अनमोलको लुक्स ,फ्यान बन्न सक्छन् चकित

बर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को लुक्स सार्वजनिक भएको छ। कार्तिक ३ गतेलाई रिलिज मिति तय गरेको चलचित्रमा अनमोल केसी कस्तो भुमिकामा देखिदैछन् भन्ने कौतुहलता यतिबेला सवैतिर छाएको छ।

निकै लामो समयबाट यहि चलचित्रको तयारीमा रहेका अनमोल केसीले चलचित्रको लागि २० लाख पारिश्रमिक लिएका थिए। एक्सन अवतारमा देखिन लागेका अनमोल केसीको लुक्स निकै लामो समयबाट लुकाईदै आएको थियो। लामो कपाल पालेर ज्यान बनाएका अनमोल ब्रिट्रिस आर्मीको भूमिकामा देखिन लागेको बताईएको छ।

चलचित्रमा अनमोलको साथमा नव-नायिका अदिति बुढाथोकी मुख्य भूमिकामा रहेकी छिन्। मुम्बईमा मोडलिङमा सक्रिय अदिति यहि चलचित्र मार्फत डेव्यु गर्ने तयारीमा रहेकी छिन्। सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा भुवन केसी र सुवास गिरीको लगानी रहेको छ।

Comments

comments