यस्तो छ अनमोलको नयाँ लुक्स, चलचित्र ‘कृ’ तयारिमा (तस्विर र भिडियो सहित)

loading...

पछिल्लो पुस्ताका सफल अभिनेता अनमोल केसी यतिबेला आफ्नो पाचौ चलचित्र ‘कृ’ को तयारीमा रहेका छन्। आफुले अभिनय गरेका चार वटा चलचित्र नै सफल दिएका अनमोलको अन्तिम रिलिज ‘गाजलु’ हो।


‘गाजलु’ पछी उनले २० लाख पारिश्रमिक लिएर चलचित्र ‘कृ’ को तयारि सुरु गरेका हुन्। चाडै नै सुटिङमा जाने तयारीमा रहेको चलचित्रको लागि अनमोल जोड-तोडले तयारी गरिरहेका छन्।

कतिसम्म भने उनले आफ्नो लुक्स बाहिर सार्वजनिक नहोस भनेर पछिल्लो केहि समयबाट सार्वजिनक कार्यक्रममा आफुलाई उपस्थिति गराएका छैनन्।  त्यसो त रु बेला पनि सार्वजनिक  कार्यक्रममा कम देखिने अनमोल पछिल्लो केहि महिनाबाट गायब जस्तै छन्।

अदिति बुढाथोकीसंग स्क्रिन शेयर गर्न लागेका अनमोल कस्तो लुक्समा आउने हुन सवैको चासोको बिषय बनेको छ। पछिल्लो समय यहि चलचित्रको तयारीमा रहेका अनमोलका केहि  नयाँ तस्विर हामीले प्राप्त गरेका छौ। कपाल पालेर , ज्यान बनाएका अनमोलका प्राप्त केहि तस्विरहरु हामिले प्रस्तुत गरेका छौ।

Comments

comments