युवा स्टार अनमोल केसीको जन्मदिन आज, हेर्नुहोस उनका बाल्यकालका तस्विर

युवापुस्तामा सवैभन्दा बढी लोकप्रिय अभिनेता अनमोल केसी २३ बर्ष लागेका छन्। चैत्र १७ जन्मिएका अनमोल सुपरस्टार भुवन केसी र सुस्मिता केसीका सुपुत्र हुन्।

सुस्मिता केसी र अनमोल केसी

सन् २०१३ मा होस्टल चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका अनमोलले अहिलेसम्म चारवटा चलचित्रमा अभिनय गरेका छन्। आफुले अभिनय गरेका सवै चलचित्र हिट दिएका अनमोलले निकै ठूलो फ्यान फलोईङ बनाएका छन्।

होस्टल, जेरी, ड्रिम्स र गाजलु चलचित्रमा काम गरिसकेका अनमोल यतिबेला आफ्नो पाँचौ चलचित्रको तयारीमा रहेका छन्।

‘कृ’ चलचित्रको तयारीमा रहेका अनमोलले यो चलचित्रको लागि २० लाख पारिश्रमिक लिएका छन्। छायाँकन सुरु हुन बाँकी रहेको चलचित्र भदौ ९ गते रिलिज हुने तयारीमा रहेको छ।

अनमोल हरेक चलचित्रमा नयाँ अभिनेत्री संग काम गर्ने गर्छन्। पहिलो चलचित्रमा प्रकृति श्रेष्ठ संग स्क्रिन शेयर गरेका उनले दोश्रो चलचित्रमा आना शर्मा, तेश्रोमा साम्राज्ञी राज्य लक्ष्मी शाह र चौथो चलचित्रमा शृष्टि श्रेष्ठ संग स्क्रिन शेयर गरेका छन्। आफ्नो पाँचौं चलचित्रमा उनि अदिति बुढाथोकी संग स्क्रिन शेयर गर्ने तयारीमा रहेका छन्।

 

तस्विर: सुस्मिता केसीको फेसबुक र गुगल बाट 

 

 

Comments

comments