अमिताभ भन्छन्,चलचित्र ‘दिवार’ को स्क्रिप्ट सर्वश्रेष्ठ

सन् १९७५ मा रिलिज भएको चलचित्र ‘दिवार’ प्रदर्शनको ४२ औ बर्ष पार गर्न लागेको छ। अपराधिक पृष्ठभूमिमा बनेको चलचित्रलाई यश चोपडाले निर्देशन गरेका थिए। बलिउड मेगास्टार अमिताभ बच्चनले यस चलचित्रको स्क्रिप्ट सर्वश्रेष्ठ रहेको बताएका छन्।


यो चलचित्र पश्चात उनलाई एक एन्ग्री म्यान को रुपमा दर्शकले चिनेका थिए।
उनले चलचित्र प्रदर्शनको ४२ बर्ष पुगेकोमा टूईटर मार्फत खुशी शेयर गरेका छन्। चलचित्र ‘दिवार’ ले दुई दाजुभाईको कथा बोकेको थियो। चलचित्रमा अमिताभको साथमा शशी कपुर, परविना बाबी मुख्य भूमिकामा रहेका थिए। – एजेन्सी

Comments

comments