सोनमको जवाफ नपाउदा अमिताभ आक्रोशित

बलिउड अभिनेत्री सोनमले हालै मात्र आफ्नो ३२ औ जन्मदिन मनाईन्। जन्मदिनको अवसरमा उनलाई धेरै बलिउड सेलिब्रेटीहरुले बधाई तथा शुभकामना दिए। बिशेष गरि उनलाई सामाजिक संजालमा शुभकामना दिनेको ओईरो नै लाग्यो। उनले पनि सवैलाई एकमुष्ट रुपमा रिप्लाई दिईन्।

तर अभिनेता अमिताभ बच्चनले भने आफुले शुभकामनाको रिप्लाई नपाएको भन्दै सोनम संग रिसाएका छन्।अमिताभले सोनमलाई एसएमएस गरेको र सोनमबाट कुनै जवाफ नआएपछी बच्चन रिसाएका हुन्।
अमिताभले आफ्नो रिस टूइटर मार्फत पोखेका छन्। उनले सोनमलाई सम्बोधन गर्दै लेखेका छन्,’मेरो बधाईको रिप्लाई खोई ? म अमिताभ बच्चन हुँ माइ डियर । तिम्रो जन्मदिनमा मैले बधाईको एसएमएस पठाएको थिएँ । तिमीले त्यसको जवाफै दिइनौ ।’ साथमा उनले रिसाएको इमोजी पनि राखेका छन्।

अमिताभको टूईट देखेपछी सोनमले त्यसको रिप्लाईमा लेखेकी छिन् ,‘हे भगवान सर । मैले देखिनँ । म सँधै रिप्लाई गर्छु । धन्यवाद सर । मलाई जूनियर बच्चनको म्यासेज आएको थियो । म तपाईंसँग माफी माग्छु ।’-एजेन्सी

Comments

comments