२६ बर्ष पछि अमिताभ र ऋषि एकसाथ पर्दामा

अमिताभ बच्चन र ऋषि कपुरको जोडी पर्दामा २६ बर्ष पछी एकसाथ देखिने भएको छ। यी दूईको नयाँ चलचित्रको फर्स्ट लुक बाहिरिएको हो।

बाहिरिएको लुक्समा अमिताभ बच्चन १०२ बर्षिय वृद्धको भूमिकामा देखिएका छन् भने ऋषि कपुर ७५ बर्षिय बृद्धको भूमिकामा देखिनेछन्। चलचित्रमा अभिताभ ऋषिका बाबुको भूमिकामा देखिने भारतीय संचार माध्यमले जनाएका छन्। दुवैले पछिल्लो पटक सन् १९९१ मा चलचित्र ‘अजुबा’ मा एक साथ काम गरेका थिए। धेरै सफल चलचित्रमा एक साथ काम गरेका यी दूईको नयाँ चलचित्रको छायाँकन चाडै सुरु हुने बताइएको छ।- एजेन्सी

Comments

comments