बोल्ड एलिशा कति सुन्दर (फोटोफिचर)

चलचित्र ‘लुट २’ मा समावेश ‘ठमेल बजार’ गीत पछी एलिशाले निकै ठुलो चर्चा बटुलिन्। योर स्टाईल टिभी र केहि म्युजिक भिडियो मार्फत राम्रै चर्चा बटुलेकी एलिशाको डिमान्ड ‘ठमेल बजार’ पछी निकै चुलियो।

पछील्लो समय म्युजिक भिडियोमा एलिशाको व्यस्तता निकै बढेको छ। निकै सुन्दर मोडल एलिशा राई केहि दिन अगाडी चलचित्र ‘जोनी जेन्टलम्यान’को प्रेसमिटमा देखा परिन्।

 

चलचित्रमा उनको कुनै भूमिका नभए पनि चलचित्रका निर्देशक नितीन चन्दको नजिकको मित्र तथा चलचित्र योर स्टाईल टिभिको प्रोडक्सन भएको कारण उनि त्यहाँ पुगेको हुन सक्छ ।

औपचारिक रुपमा उनको नाम आयोजकले नलिएपनी एलिशा मिडियाको नजरमा परिन् । निकै सुन्दर बनेर पुगेकी एलिशा विभिन्न पोजमा तस्विर खिचाउन व्यस्त थिइन्। ‘लुट २’ पछी कुनै चलचित्रमा नदेखिएकी एलिशा म्युजिक भिडियोमा भने निकै सक्रीय रहेकी छिन् ।

तस्विर: मिलन ढुंगाना

Comments

comments