युट्युवमा हिट अमृत र एलिसा

एलिसा राई पछिल्लो समय ‘लुट २’ चलचित्रमा समावेश ‘ठमेल बजार’ गीतबाट चर्चामा आएकी छिन्। योर स्टाईल टिभी मार्फत आफ्नो चर्चा बटुलेकी एलिशाको ‘ठमेल बजार’ रिलिज पश्चात चर्चा चुलिएको छ। पछिल्लो समय निकै व्यस्त बनेकी एलिशा संगै योर स्टाईल टिभीका दर्शक माझ अर्को परिचित नाम हो, अमृत ढुंगाना।

दुवैले योर स्टाईल टिभीको लागि धेरै भिडियोमा एकसाथ काम गरेका छन्। प्राय कमेडी जनराका सर्ट भिडियो बनाउने योर स्टाईल टिभी युवाहरुमाझ निकै परिचित छ र  यहि च्यानल मार्फत परिचित बनेका हुन् , एलिशा र अमृत।

एलिशाले ‘लुट २’ मार्फत चलचित्र क्षेत्रमा डेव्यु गरिसकेकी छिन् भने अमृत ‘सायद २’ चलचित्र मार्फत डेव्यु गर्ने तयारिमा छन्। आईतबार राजधानीको एक कार्यक्रममा यी दूई एकसाथ देखिएका थिए। योर स्टाइल टिभीमा यी दूईको क्यामेष्ट्री निकै रुचाईन्छ।

तस्विर: मिलन ढुंगाना

Comments

comments