पहिलोपटक आमिर, अमिताभ र आलिया एकसाथ स्क्रिन शेयर गर्दै

बलिउड अभिनेता अभिताभ वच्चन र आमिर खान पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्ने तयारीमा रहेका छन्। बलिउड निर्देशक विजय कृष्ण आचार्यले निर्देशन गर्ने चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ मा अमिताभ र आमिरले एकसाथ स्क्रिन शेयर गर्ने लागेका हुन्।
चलचित्रमा आमिरको पिताको भूमिकामा अमिताभ बच्चन देखिनेछन्। आमिरको अपोजिटमा धेरै अभिनेत्रीहरुको चर्चा चलिरहेको छ। यहि क्रममा भारतीय मिडियाले चलचित्रमा आलिया भट्ट रहन सक्ने कुरा उल्लेख गरेका छन्।
चलचित्रमा आमिर खानले अभिनेत्रीको रुपमा अलिया भट्ट ठिक रहने जनाएपछी उनलाई लिने तयारी भएको खबर बाहिरिएको हो। -एजेन्सी

Comments

comments