काबिल हेरेपछि अक्षयको यस्तो प्रतिक्रिया

बलिउडमा ऋतिक रोशन अभिनित चलचित्र काबिलले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ। चलचित्रको स्पेशल स्क्रिनीङ गरिएको थियो. स्क्रिनीङमा बलिउडका कह चर्चित सेलिब्रेटी पुगेका थिए। ऋतिकको काबिलको स्पेशल स्क्रीनिङमा पुगेका बलिउड खिलाडी अक्षय कुमारले ऋतिकको खुलेर तारिफ गरेका छन्।


उनले काबिल हेरिसकेपछि टूईट् गर्दै ऋतिकले चलचित्रमा तारिफ योग्य कम गरेको बताएका छन्। उनले लेखेका छन्,’ मैले काबिल चलचित्र हेर्ने अवसर पाए, ऋतिक रोशनको काम तारिफ योग्य छ। उनले आफ्नो सवैभन्दा राम्रो दिने प्रयास गरेका छन्। दर्शकलाई बाधेर राख्ने कथामा एउटा संवेदनशील चलचित्र बनेको छ।’
चलचित्र जनवरी २५ बाट रिलिज भएको छ। -एजेन्सी

Comments

comments