अक्षयले गरे शाहरुख संग बराबरी,यस्तो छ बक्सअफिसमा लडाईं

बलिउडमा एक पछी अर्को सफल चलचित्र दिदै आएका अक्षय कुमारको नयाँ चलचित्र ‘जोली एलएलबि २’ सय करोड प्रवेश गरेसंगै उनका लगातर चार चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन्। ‘एयरलिफ्ट’, ‘हाउसफुल ३’ र ‘रुस्तम’ पछी ‘जोली एलएलबि २’ सय करोड क्लबमा प्रवेश गरे संगै उनका चार चलचित्र लगातार सय करोड क्लबमा प्रवेश गर्न सफल भएका छन्।


यो संगै उनका जम्मा ७ चलचित्र १०० करोड क्लबमा प्रवेश गरेका छन्। यो संगै उनले बलिउड किंग खान शाहरुख खान संग बराबरी गरेका छन्रा. शाहरुखखानका पनि सात चलचित्र बक्सअफिसमा सय करोड क्लबमा समावेश छन्। राउडी राठोर, एयरलिफ्ट, रुस्तम, हाउसफुल २, होलिडे, हाउसफुल ३ र ‘जोली एलएलबि २’ सय करोड क्लबमा सामिल हुन सफल चलचित्र हुन्। – एजेन्सी

Comments

comments