बोल्ड बन्दै आँचल शर्मा (फोटोफिचर)

loading...

म्युजिक भिडियो हुदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री तथा मोडल हुन् आँचल शर्मा। ‘नाइँ न भन्नु ल ४’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचल अभिनय भन्दा पनि बढी अभिनेता पल शाह संगको प्रेम सम्बन्धको कारण चर्चामा रहने गर्दछिन्।

म्युजिक भिडियोमा साथ काम गरेका यी दुईले दुईवटा चलचित्रमा एकसाथ काम गरिसकेका छन्। डेव्यु चलचित्रमा काम गरेका यी दुईको दोश्रो चलचित्र ‘जोनी ज्यान्टलमेन’ प्रदर्शनको तयारीमा रहेको छ।

आँचलले आफ्नो तेश्रो चलचित्र ‘ब्ल्याक’ को छायाँकन सम्पन्न गरेकी छिन्।

केहि दिन आगाडी एक कार्यक्रमा आँचल निकै बोल्ड अवतारमा प्रस्तुत भएकी थिइन्। अन्य अभिनेत्रीको तुलनामा निकै बोल्ड बनेर पुगेकी आंचलले मिडियाको ध्यान खिच्न सफल भएकी थिइन्।

 

तस्विर: मिलन ढुंगाना

Comments

comments