सन्नी लियोनि देखि ज्याकी च्यान सम्म जसले खेले एडल्ट चलचित्र

बलिउड अभिनेत्री सन्नी लियोनि एडल्ट चलचित्रको दुनियाँ बाट आएको सबैलाई थाह छ। २०११ मा भारतीय कलर्स च्यानल बाट प्रसारण हुने बिग बोस को सिजन पाच हुदै उनि बलिउड यात्रा तय गरेकी हुन्।

तर उनि मात्रै त्यस्ती कलाकार हैनन् जसले एडल्ट चलचित्रमा काम गरेकि छिन्। सन्नी संगै चर्चित अभिनेता ज्याकी च्यान सम्मले एडल्ट चलचित्रमा काम गरिसकेका छन्।

आज ती केहि कलाकारको हामि चर्चा गर्दैछौ

१ सन्नी लियोनि
सन्नी लियोनि जति बलिउडमा चर्चित छिन् त्यो भन्दा बढी उनि एडल्ट चलचित्रमा प्रख्यात थिइन्। उनका एडल्ट चलचित्र नहेर्ने कमै होलान। २०११ मा भारतको चर्चित कन्ट्रोभर्सियल रियालिटी शो ‘बिग बोस’ हुदै उनले बलिउडको यात्रा तय गरेकी हुन्। ‘जिस्म २’ बाट उनले बलिउडमा प्रवेश गरेकी थिइन्।

२. आर्नोल्ड श्वेजनेगर
अमेरिकी- अस्ट्रेलियन अभिनेता, निर्माता तथा बादी बिल्डर आर्नोल्ड श्वेजनेगरले आफ्नो करियरको सुरुवात एडल्ट चलचित्र बाट नै गरेका थिए। २००३-२०११ सम्म क्यालीफोर्नियाका गर्भनर समेत उनि रहेका थिए।

३. कैमरन डियाज
अमेरिकी अभिनेत्री कैमरनले एडल्ट कमेडी चलचित्र ‘ब्याड टिचर’ मा काम गरेकी थिइन्। ‘द माक्स’ ‘ द होलिडे’ जस्ता चलचित्रमा काम गरेकी उनले धेरै एडल्ट चलचित्रमा काम गरेको चर्चा मिडियामा आउने गर्दछ।

४. सिल्वेस्टर स्टेलोन
हलिउडमा एक्सन रोलका लागि प्रख्यात नाम हो सिल्वेस्टर। धेरै  चलचित्रमा एक्सन भूमिकामा देखिएका उनि आफ्नो करियरको सुरुवाती दिनमा धेरै एडल्ट चलचित्रमा देखिएका थिए।

५. प्रिया अन्जली राय
भारतको दिल्लीमा जन्मिएकी प्रिया अमेरिकामा हुर्किएकी हुन्। २९ बर्षको उमेरमा उनि पोर्न दुनियामा प्रवेश गरेकी थिईन। ६ बर्ष सम्म उनले एडल्ट चलचित्रमा काम गरेर सन् २०१३ मा सो दुनियाबाट बाहिर निस्किएकी थिइन्। उनले हरर चलचित्रमा अभिनय गरिसकेकी छिन्।

६. ज्याकी च्यान
एक्सन स्टार ज्याकी च्यान विश्वभर आफ्नो एक्सन कला र कमिक टाइमिङको कारणले प्रख्यात छन्। उनले आफ्नो करियरको सुरुवात कमेडी एडल्ट चलचित्र अल ईन फेमिली’ बाट गरेका थिए। उक्त चलचित्रमा उनले न्युड सेक्स सिङ दिएका छन्।   – एजेन्सी

Comments

comments