सुटिङ्ग सेट देखि पारिवारिक जमघट सम्म छुट्दैन आयुष्मान र प्रियंकाको जोडी

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको प्रेम सम्बन्ध अब मिडियामा लुक्न सकेको छैन। केहि समय अगाडी बाट दुवै एकअर्काको गहिरो प्रेममा रहेका छन्। चलचित्र ‘कथा काठमान्डौ’को छायाँकन भैरहदा दुवै एक अर्काको प्रेममा रहको बताईए पनि यी दुई कहिलेबाट एकअर्कालाई डेट गर्दैछन् भन्ने विषयमा यी दुईले खुलाएका छैनन्।

पछिल्लो समय सामजिक संजालमा यी दुईको प्रेम खुलस्त देख्न सकिन्छ। यी दुईले एकसाथ कथा काठमान्डौको छायाँकन सकेका छन् भने प्रियंका यतिबेला ‘छक्का पन्जा २’ को छायाँकनमा व्यस्त छिन्। आयुष्मान र प्रियंका आजकल धेरैजसो समय एकसाथ बिताउने गरेको सामाजिक संजालमा उनीहरुले शेयर गरेको तस्विरहरुबाट प्रस्ट देखिन्छ।  ‘छक्का पन्जा २’को छायाँकन सेट देखि लिएर प्रियंकाको पारिवारिक जमघट सम्म सवैतीर आयुष्मान छाएका हुन्छन्।

जेठ २ गते प्रियंकाको आमाबाबुको एनीभर्सरीमा आयुष्मान समेत देखिएका थिए। प्रियंकाले सामाजिक संजाल ईन्स्टाग्राममा आफ्ना बाबुआमा र आयुष्मान संगको एक तस्विर शेयर गरेकी छिन्। उक्त तस्विरमा उनले परिवार क्याप्सन लेखेर शेयर गरेकी छिन्। त्यस्तो त प्रियंकाको ईन्स्टाग्राममा सुटिङ सेटका धेरै तस्विर शेयर गरेकी हुन्छिन्। जहाँ अधिकांश तस्विरमा आयुष्मान साथ देखिने गर्दछन्। अब प्रियंकाले आयुष्मानलाई परिवारको एक हिस्साको रुपमा नै परिभाषित गरिरहँदा दुवैको प्रेम कहिलेसम्म चल्ने हो? त्यो भने भविष्यले नै बताउला।

तस्विर: प्रियंका कार्कीको ईन्स्टाग्रामबाट

Comments

comments