प्रियंकाको छोरा कि ज्वाई ? के बने आयुष्मान

चलचित्र ‘छक्का पन्जा २’ को छायाँकन यतिबेला धमाधम चलिरहेको छ । बर्ष २०७३ को सफल चलचित्रको ‘छक्का पन्जा’ को सिक्वेलाको रुपमा रहेको चलचित्र ‘छक्का पन्जा २’ दर्शकाको प्रतिक्षित चलचित्र समेत बनेको छ ।

तस्विर: प्रियंका कार्कीको ईन्स्टाग्रामबाट 

चलचित्रमा यो पटक धेरै नयाँ मुहारहरु देखिएका छन् । स्वतिमा खड्का, स्वरूपपुरुष ढकाल, निश्चल बस्नेत लगायतका कलाकार चलचित्रमा थपिएका छन् । सोहि क्रममा चलचित्रमा अभिनेत्री प्रियंका कार्कीका प्रेमी अभिनेता आयुष्मान देशराज जोशी समेत चलचित्रमा थपिएको खबर बाहिरिएको छ । चलचित्रको सुटिङ सेटबाट प्रियंका र आयुष्मानका तस्विर एक साथ बाहिरिदा चलचित्रमा कतै आयुष्मान त छैनन् भन्ने चर्चा चलिरहेको थियो ।

यहि बिषयमा बोल्दै निर्देशक दिपाश्री निरौलाले भनिन्,’ चलचित्रमा आयुष्मान जी पनि हुनुहुन्छ । यो बर्ष धेरै कलाकर गेष्ट रोलमा हुनुहुन्छ । त्यो मध्ये आयुष्मान जी पनि एक हुनुहुन्छ ।’
दिपाश्रिले थपीन् , ‘यो बर्ष दर्शकले आयुष्मन जी संगै धेरै सप्राईज प्याकेज पाउनुहुनेछ अथवा भनौ छक्का पन्जा भद्ना डबल सप्राईज ।’

अनि आयुष्मानको भूमिका के त?
निर्देशक निरौला थप्छिन्,’ आयुष्मान जी प्रियंकाको ज्वाई अथवा छोराको भूमिकामा देखिनुहुनेछ अव कुन भूमिका हो त्यो चै असोज ११ मै दर्शकले थाह पाउनुहुनेछ।’

चलचित्रमा प्रियंका अभिनेत्री स्वस्तिमा खड्काको आमाको भूमिकामा देखिन लागेकी छिन् । करिव २० दिन छायाँकन बाँकी रहेको जानकारी समेत निर्देशक निरौलाले दिईन् ।

Comments

comments