प्रभास संग रोमान्स गर्ने आलियाको चाहना

बाहुबाली २ चलचित्रले भारतीय बक्स अफिसमा कमाईको सम्पूर्ण रेकर्ड ब्रेक गर्न सफल भैसकेको छ। एसएस राजमौली निर्देशित चलचित्रले विश्वभरबाट १३३० करोड माथिको कमाई गर्न सफल भैसकेको छ।

निर्देशक राजमौली संगै अभिनेता प्रभासको चर्चा समेत यतिबेला चुलिएको छ। चौतर्फी तरी बटुलिरहेका राजमौलिको तारिफ गर्न बलिउड अभिनेत्री आलिया भट्ट पनि पछी परिनन्।
उनले निर्देशकको प्रसंशा मात्रै गरिनन् अभिनेता प्रभास संग काम गर्ने चाहाना समेत व्यक्त गरिन्। गएको बिहिबार फ्यानहरु संग कुरा गर्दै उनले सो अभिव्यक्ति दिएकी हुन्। आलियाले आफ्नो फेभरेट ईन्डियन एक्टरको रुपमा प्रभास रहेका छन्।

Comments

comments