तिलिचोमा सलिनमान संग साम्राज्ञीको रोमान्स, हेर्नुहोस ‘ए मेरो हजुर २’ को टिजर

‘ड्रिम्स’ डेव्यु गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाहको बर्ष २०७३ मा कुनै चलचित्र प्रदर्शनमा आएनन्। ड्रिम्स पछि साम्राज्ञीले अभिनय गरेको दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ यहि बर्ष प्रदर्शनमा आउने तयारी भए पनि चलचित्रको रिलिज मिति सरेको छ र नयाँ मिति तय हुन सकेको छैन।


यो बिच चलचित्रको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा तिलिचो तालमा अभिनेता सलिनमान बानियाँ र साम्राज्ञीको रोमान्स देखाईएको छ।


अभिनेत्री झरना थापाको डेव्यु निर्देशनमा तयार भएको चलचित्रलाई निकै चासोको रुपमा हेरिएको छ। चलचित्रमा साम्राज्ञी र सलिनको साथमा सलोन बस्नेत, सुमन पौडेल , अनुभव रेग्मी, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय गरेका छन्। चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका छन्।

Comments

comments