तिलिचोमा बोल्ड साम्राज्ञी र सलिनमान, कति सुहायो क्यामेष्ट्री (भिडियोसहित)

नेपालकी सफल अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर २’ को शिर्ष गीतको भिडियो रिलिज भएको छ। अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र नव-नायक सलिनमान बानियाँ मुख्य भूमिकामा रहेको चलचित्रको शिर्ष गीतमा दुवैलाई फिचर गरिएको छ।

विश्वको सर्वोच्च स्थानामा रहेको ताल तिलिचो तालका सुन्दर दृष्य कैद गरेर तयार भएको गीत निकै आकर्षक बनेको छ।तिलिचो तालका सुन्दर दृष्य संगै साम्राज्ञी र सलिनको जोडी निकै आकर्षक देखिएको छ।
सुगम पोख्रेलको आवाज रहेको गीतमा डा. कृष्णहरि बरालको शब्द रहेको छ भने गीतमा कल्याण सिंहले संगीत भरेका छन्।

रेनशा बान्तवाराईको कोरियोग्राफी रहेको गीतमा संजय लामाको सिनेम्याटोग्राफी रहेको छ। गीत सार्वजनिक संगै चलचित्रको रिलिज मिति समेत तय गरिएको छ। २०७४ सालको भदौ १६ गतेबाट देशभर चलचित्र प्रदर्शनमा आउने छ।
अभिनेत्री तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर आईतबार चलचित्रको गीत संगै रिलिज मिति समेत सार्वजनिक गरिएको थियो।


सुनिल कुमार थापाको लगानी रहेको चलचित्रमा साम्राज्ञी र सलिनसंगै सलोन बस्नेत, सुमन पौडेल, अजश्र ढुंगाना, अनुभव रेग्मी, अनुराग कुंवर, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments