साम्राज्ञीको ‘ए मेरो हजुर २’ अडियो जुकबक्स रिलिज

बर्षको प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को अडियो जुकबक्स रिलिज गरिएको छ। तीनवटा गीत समावेश अडियो जुकबक्समा समावेश दुईवटा गीत दर्शकले सुनिसकेका छन्। दुवै गीतले दर्शकको सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका छन्।

दूई गीत बाहेक जुकबक्समा वसन्त सापकोटाको संगीतमा तयार भएको ‘उकालीमा जाँदा’ बोलको गीत समावेश गरिएको छ।
शिर्ष गीत र लोक लयमा आधारित गीतबाट राम्रो प्रतिक्रिया पाएपश्चात चलचित्रको अडियो जुकबक्स सार्वजनिक गरिएको हो।
झरना थापाको डेव्यु निर्देशन रहेको चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह र सलिनमान बनियाँ मुख्य भूमिकामा रहेका छन्। भदौ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका छन्।

Comments

comments