‘काले दाई’ ले पायो करोड माथि भ्युअर्स

निश्चल बस्नेत र माला लिम्बुले ठुम्का लगाएको गीत ‘काले दाई’ ले युटुवमा एक करोड माथिको भ्युअर्स पाएको छ। ‘पर्व’ चलचित्रमा समावेश यो गीतमा निश्चल बस्नेत र मिना निरौलाको आवाज रहेको छ। दिनेश राउतको शब्द रहेको गीतमा कोशिस क्षेत्रीले संगीत भरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोले निकै राम्रो तारिफ बटुलेको थियो।

दिनेश राउतले निर्देशन गरेको चलचित्रमा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, माला लिम्बू, जेबिका कार्की लगायतका कलाकारको अभिनय रहेको छ। जेठ १२ गतेबाट रिलिज हुने चलचित्रमा निकिता पौडेल र सुवास गिरीको लगानी रहेको छ।

Comments

comments